माधव नेपाललाई पनि कोरोना संक्रमण
हेटौडा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्। यसअघि नेकपा (माओवादी कन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायण काजी श्रेष्ठलगायतका नेताहरूमा कोरोना पुष्टि भएको छ।







