तरकारीको क्रेटमा १८३ किलो लागुऔषध गाँजासहित युवक पक्राउ
हेटौडा– तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका छन।सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडा तर्फ आउदै गरेको प्रदेश–३–०१ ००२२च ३५५६ नम्बरको पिकअप भ्यानलाई रोकि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो।उक्त लागुऔषध गाँजासहित भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–२ बस्ने ३० बर्षीय रामचन्द्र सिंतानलाई पक्राउ गरिथप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







