ग्रामीणको सामाजिक परीक्षण
हेटौंडा-ग्रामीण महिला सेवा केन्द्र हेटौंडाले आर्थिक बर्ष २०७७÷०७८ को सामाजिक परीक्षण गरेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको विशेष आतिथ्यता रहेको थियो कार्यक्रममा हेटौंडा–१५ की वडा सदस्य कुमारी श्रेष्ठ हेटौंडा १९ की वडा सदस्य इन्दिरा तामाङ मकवानपुरगढी गाउँपालिका वडा नं ३ की वडा सदस्य सरिता सापकोटा लगायतको उपस्थिति रहेको थियो ।







