छयोइखोर गुम्बाको शिलान्यास

साझाकुरा
२०७८ पुष २८, बुधबार १३:२२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ सिमलटारस्थित झ्याङच्युप छयोइखोर लिङ गुम्बाको शिलान्यास गरिएको छ ।  उक्त गुम्बाको मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले शिलान्यास गरेका हुन् । उक्त गुम्बा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयद्वारा विनियोजित २९ लाख रुपैयाँ बजेटमा निर्माण गरिने भएको छ ।  गुम्बाको अध्यक्ष देशबहादुर वाईबाको सभाध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङको विशेष आतिथ्यता रहेको थियो । सो क्रममा विशेष अतिथि चेपाङले सिमलटारमा सडक ढलान गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिका सभापति उत्सव इटनी, पूर्व नगर सभापति आनन्दराम  पराजुली, कांग्रेस हेटौंडा–११ का वडा सभापति दिपक उप्रेती, सचिव यज्ञबहादुर आचार्य, सदस्य सुन्दरलाल श्रेष्ठ, कांग्रेस सिमलटार टोलविकास समितिका सभापति चित्रबहादुर मोक्तान, उपसभापति भिमबहादुर बिडारीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*