तत्काल लकडाउनको कुनै सम्भावना छैन : स्वास्थ्यमन्त्री खतिवडा

साझाकुरा
२०७८ पुष २९, बिहीबार १७:३५

आज कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा सरकार नरहेको र त्यसको अहिले नै सम्भावना नभएको बताएका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडाले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा लकडाउनले धेरै नै समस्या ल्याएको भन्दै नयाँ लहरबाट बच्न सावधानी भने अपनाउन आवश्यक भएको बताए। सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले आत्तिनु पर्ने अवस्था पनि नरहेको उनले बताए।

उनले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै कोरोनाविरुद्धको खोप नलगाएकाहरुले तत्काल लगाउन पनि आग्रह गरे। आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको पनि उनले बताए।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*