हेटौंडाका न्यौपानेद्वय स्टेशनरी व्यवसायी महासंघमा विजयी

साझाकुरा
२०७८ पुष ३०, शुक्रबार ०९:१५

हेटौंडा-नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको छैठौं महाधिवेशनबाट मकवानपुरका किरणबाबु न्यौपाने सहकोषाध्यक्ष र बासु न्यौपाने लेखा समिति सदस्य चयन भएका छन् ।  चितवनको सौराहामा बिहीबार सम्पन्न निर्वाचन प्रक्रियाबाट किरणबाबु सर्वसम्मत सहकोषाध्यक्ष र २ जना लेखा समिति सदस्यका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहँदै बासु सदस्यमा निर्वाचित भएका हुन् ।  लेखा समिति सदस्यमा तीन जना आकांक्षी थिए । किरण बाबु पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरको दुई कार्यकाल अध्यक्ष तथा दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् ।  यस्तै बासु जिल्लाको निवर्तमान अध्यक्ष हुन् । महाधिवेशनबाट सञ्जय चौधरी अध्यक्ष चुनिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*