तरकारी बजार राप्ती किनारमा सारिने

साझाकुरा
२०७८ पुष ३०, शुक्रबार ०९:२०

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० बसपार्क स्थित संचालनरत् तरकारी बजार सारिने भएको छ ।  हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा–१ राप्ती किनारमा जग्गा उपलब्ध गराएर तरकारी बजार सार्न लागेको हो । कार्यालयले तरकारी बजार रहेको हेटौंडा–१० मा टर्मिलन भवन बनाउने तयारी गरेपछि राप्ती खोलाको किनारमा स्थान्तरण गर्न लागिएको हो । खोलाको किनारमा रहेको सार्वजनिक जग्गा प्रयोग गर्न उपमहानगरपालिकाले स्विकृति दिइसकेकोले अबको तरकारी बजार हेटौंडा–१ स्थित राप्ती नदी किनारमा रहने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए ।

उद्योग वाणिज्य संघको पहलमा उपमहानगरपालिकाले स्विकृति दिएको अध्यक्ष गुप्ताले बताए । आज शुक्रबारबाटै अस्थायी संरचना निर्माणको काम सुरु हुने उनले बताए ।
मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपलिकाका प्रतिनिधिसहित बसपार्कका तरकारी व्यवसायीहरुले बिहीबार उक्त क्षेत्रको स्थलगत अवलोकन  गरेका थिए ।  बसपार्कस्थित तरकारी बजारमा १०८ जना व्यवसायीले स्टल राखेर व्यवसाय गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*