२ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१५ स्थित वनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका प्रमख हरिबहादुर महतले उक्त विद्यालयमा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरेका हुन् । पढ्न नपाएका गरिब परिवारका बालबालिकालाई पढ्नका लागि सहयोग गर्दै आएको उपमहानगरपालिकाले अहिलेको जाडो समयमा पनि गरिबीकै कारण पातलो कपडा लगाएर विद्यालयमा आउनुपर्ने बाध्यता भोग्दै आएका ती दलित, जनजाती र विपन्न परिवारका बालबालिकाहरुलाई कपडा वितरण गरिएको नगर प्रमुख हरिबहादुर महतले बताए । उनले गरिब विद्यार्थीलाई कापी कलम, विद्यालय पोसाक, झोलालगायतका सामाग्री वितरण गर्दै आएको जानकारी दिए ।







