हेटौंडा जेसीजमा कंशाकार पदस्थापित, कार्यसमितिलाई पूर्णता
हेटौंडा-हेटौंडा जेसीजको वर्ष २०२२ का लागि अध्यक्षमा पवन कंशाकार पदस्थापित हुँदा कार्य समितिलाई पूर्णता दिएका छन् । शनिबार कंशाकारले मनोनीत गरिने पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । जेसीजमा १० वर्षपछि कंशाकार गत पुस १६ गते सर्वसम्मत अध्यक्ष चुनिएका थिए । उनलार्ई २०२१ का अध्यक्ष लिसेन बस्नेतले पद हस्तान्तरण गरेका हुन् । पदस्थापनपछि अध्यक्ष कंशाकारले महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा अमृत बर्तौला र कानुनी सल्लाहकारमा पंकज दास बनियाँलाई नियुक्त गरेका छन् । जेसीजको कार्यकारिणी उपाध्यक्षमा संग्राम बल लामा र शिव कुमार श्रेष्ठ चयन भएका थिए । उपाध्यक्षमा महेश्वर अधिकारी, श्यामकृष्ण दाहाल, सन्दीप जंग कार्की र अमित आचार्य रहेका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय समिति सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल जेसीजको वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालसहित जेसीजका विभिन्न शाखाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।







