चित्रेपानीमा महिलाको शव भेटियो
हेटौंडा-हेटौंडा–१५ मा रहेको चित्रेपानी सामुदायिक वनको हाताभित्र एक महिलाको शव भेटिएको छ । सालको रुखमा झुण्डिएको अवस्थामा अन्दाजी ५५–६० बर्षको महिलाको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । घटनास्थललाई प्रहरीले सुरक्षित राखेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटना– स्थलतर्फ गएको जनाइएको छ । शवको सनाखत हुन सकेको छैन भने घटना आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । शव देखेपछि स्थथानीले प्रहरीलाई खबर गरेका थिए ।







