लेडि जेसीजमा कविता पदस्थापित
हेटौंडा-जेसीआई हेटौंडा लेडी वर्ष २०२२ को अध्यक्षमा हेटौंडा–२ निवासी कविता पौडेल पदस्थापित भएकी छन् । हेटौंडामा सम्पन्न २४ औं पदस्थापन कार्यक्रमबाट पौडेल अध्यक्षमा पदस्थापित भएकी हुन् । वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले नवनिर्वाचित पौडेललाई पद हस्तान्तरण गरेकी थिइन् । पुस १६ गते भएको साधारणसभाबाट पौडेलको नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको थियो ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी र सुनिता राई र उपाध्यक्षहरुमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ निर्वाचित भएका छन् । अध्यक्ष पौडेलले पदस्थापन पछि महासचिवमा दिलु घर्ती मगर, कोषाध्यक्ष अस्मिता न्यौपाने, कानुनी सल्लाहकार शिखा भट्टराई शर्मालाई नियुक्त गरेकी छन् । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनाल, जेसीआइ हेटौंडाका २०२२ का अध्यक्ष पवन कंसाकारलगायतको आतिथ्यता रहेको थियो ।







