न्यौपानेद्वारा बाल विकास केन्द्रलाई सहयोग
हेटौंडा- नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सचिव तथा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले हेटौंडा–३ मिलनटोलस्थित कप्टीदमार बाल विकास केन्द्रलाई सहयोग गरेका छन् ।
न्यौपानेले २८ जना शिशुहरु अध्ययनरत् बाल विकास केन्द्रलाई दुई थान इलेक्ट्रिक हिटर सहयोग गरेका हुन् । जंगलको नजिक रहेर घाम पर्याप्त नलाग्ने ठाउँ भएकोले शिशुहरुलाई चिसोबाट जोगाउन केन्द्रले हिटर माग गरेपछि आफूले सहयोग गरेको न्यौपानेले बताए ।
अध्यक्ष न्यौपानेले केन्द्रका सहजकर्ता उमा उप्रेतीलाई दुई थान इलेक्ट्रिक हिटर हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रका सल्लाहकार धनबहादुर घलान, नेपाली काँग्रेस ३ नं. वडा इकाइ सभापति ढलकबहादुर थापा, दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा, लेकपानी टोल विकास संस्थाका अध्यक्ष हर्कबहादुर पाख्रिन, हिमालयन मोटर्स हेटौंडा चौकीटोलका संचालक सम्झौता सापकोटा, समाजसेवी सुमन गुरुङलगायतको सहभागिता थियो ।







