निर्मलमा छात्राबास निर्माण

साझाकुरा
२०७८ माघ ५, बुधबार १३:५८

हेटौंडा-हेटौंडा–१९ बस्तीपुरमा संचालित निर्मल माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माण गरिएको छ । छात्रावासमा ८ वटा कोठाहरु छन् ।  हेटौंडा उपमहानगरपालिकाको ४५ लाख रुपैयाँ बजेटमा छात्रावास भवन निर्माण गरिएको प्रधानाध्यापक प्रबोध बिडारीले  बताए । हेटौंडा–१९ को ग्रामीण भेगका छात्राहरुका लागि छात्रावास निर्माण गरिएको प्रधानाध्यापक विडारीले जानकारी दिए ।  उनका अनुसार छात्रावासमा एक सय जना विद्यार्थीलाई राख्न सकिनेछ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ६ सय विद्यार्थी अध्ययनरत् छन् । छात्रावास भवनको चालु शैक्षिकसत्रको अन्तिमसम्ममा उद्घाटन गरी आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई राख्ने तयारी भइरहेको प्रधानाध्यापक विडारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*