बालबालिकालाई दोेस्रो डोज लगाउन सुरु
हेटौंडा-हेटौंडाका विद्यालयमा अध्ययरत १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ । मोडर्नाको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको हो । हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार उपमहानगरक्षेत्रका ८ वटा विद्यालयमा एक हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य लिएको थियो ।
नगर क्षेत्रका विद्यालयमा माघ १५ गतेसम्मम विद्यार्थीलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ । बुधबार २४ वटा विद्यालयका ४ हजार विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको चौलागाईंले बताए ।







