हेटौंडा–१५ मा सचेतना
हेटौंडा-हेटौडा–१५ चुरे चौतारामा कोरोना भाइरस सम्बन्धित सचेतना र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम बुधबार भएको छ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजना भएको कार्यक्रममा यात्रुवहाक सवारीसाधनमा लक्षित मास्क वितरण, सवारी साधनमा अनिवार्य मास्क, स्यानिटाइजर राख्न सचेत गराइएको थियो ।
केन्द्रका अध्यक्ष राम विष्ट, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अविनाश अधिकारीको उपस्थितिमा सवारी साधनमा लेखिएका सायरी एवं दृष्टि भ्रमित गराउने तस्विरले दुर्घटनामा बढाउने कार्य भएकाले हटाउन सचेत गराउदै माइकिङसमेत गरिएको थियो । कार्यक्रममा केन्द्रका सचिवालय सदस्य नवराज कोइराला, सदस्य कपिल अर्याल, सेवाका लागी हेटौडा टिम लिडर विवस सुबेदी लगायतको उपस्थिति रहेको थियो ।







