मेयर महतको नेतृत्वमा हेटौडा अस्पतालको अनुगमन
हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको नेतृत्वमा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको बिहिबार अनुगमन गरिएको छ । कोरोना भाइरस संक्रमणका विरामी थपीदै गएपछी अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले अस्पताल र खोप केन्द्रको अनुगमन गरेको हो । बिशेषगरी हेटौंडा अस्पतालमा कोरोनाका बिरामीको उपचार र यसको व्यावस्थापनका विषयमा जानकारी लिनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, नेपाली सेना, ससस्त्र प्रहरी, जनपथ प्रहरी लगायतको टोलीले अस्पतालको अनुगमन गरेको हो ।
अस्पतालको पीसीआर प्रयोगशाला, कोरोना बिरामी जाच गराउने वार्ड, अक्सिीजन प्लान्ट र यसको मौजदात राखिएको क्षेत्रमा अनुगमन गरिएको थियो । मकवानपुर जिल्लामा कोरोना संक्रमणले महामारीको रुप लिएको र यसको नियन्त्रणका लागि सबै पक्ष एक जुट भएर लाग्नका लागि मेयर महतले आग्रह समेत गरे । कोरोना फैलिएसंगै यसको न्यूनीकरणमा स्थानीय सरकार लागेको र उपमहानगरपालिकाले हेटौंडाको गोरक्षश्वरमा दैनिक रुपमा एन्टीजेन र पीसीआर परिक्षण गरिरहेको मेयर महतले बताए ।
हाल हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएसंगै ओपीडी सेवा घटाइएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए । अनुगमन टोलीले हेटौंडाको बसपार्क क्षेत्र र थानाभर्याङको खोप केन्द्रको पनि अनुगमन गरेको थियो ।







