मकवानपुरमा बिहीबार थपिए १ सय ८१ कोरोना संक्रमित

साझाकुरा
२०७८ माघ ७, शुक्रबार १०:४१

हेटौंडा-मकवानपुरमा बिहीबार १ सय ८१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा पीसीआर र ७१ जनामा एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा क्रमशः १ सय ३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हाल संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९, होम आइसोलेसनमा बसेको संख्या १ हजार २ सय ५९, संक्रिय संक्रमितको संख्या १ हजार २ सय ६८ र हालसम्म संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ सय ७० रहेको छ ।  त्यस्तै हालसम्म २ लाख ८२ हजार १७३ जनाले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने २ लाख ४ सय ४ जनाले खोपको पूर्ण मात्रामा लगाएका छन् ।
बागमतीमा एकैदिन ८ हजारमा संक्रमण

हेटौंडा-बिहीबार एकै दिनमा ८ हजार ७१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।  कोरोनाको दोस्रो लहर फैलिएसँगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपिँदै गएको प्रदेशको सामाजिक  बिकास मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

नेपालभरी संक्रमित देखिएका मध्यमा बुधबार मात्र यस प्रदेशमा ४८ दशमलब ७१ प्रतिशतमा कोरोना संक्रमण भएको छ । मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । मकवानपुरको हेटौंडासंगै जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसको उत्तिकै जोखिम बढेको छ ।  स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । हाल सम्म यस प्रदेशमा ४ लाख ९६ हजार ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुर जिल्लामा पनि कोरोना संक्रमितहरु बढ्न थालेका छन् ।  बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*