जिल्ला प्रशासन कार्यालय मकवानपुरले(९ गतेदेखि १४ गतेसम्म)अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने

साझाकुरा
२०७८ माघ ७, शुक्रबार १६:३५

हेटौंडा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने भएको छ । प्रशासन कार्यालयमा कार्यरत् कर्मचारीमा ओमिक्रोन भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतबारबाट माघ १४ गते शुक्रबारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबाल परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी गराएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*