प्रचण्ड पत्नी संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना

साझाकुरा
२०७८ माघ ९, आईतवार १३:४०

दीर्घ रोगले घरमै थलिइरहेकी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार परिषद सदस्य सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी हुन्।केही दिनअघि उनलाई निमोनिया पनि भएको थियो। प्रचण्ड सचिवालयका अनुसार सीता तीन दिनदेखि मेडिसिटी अस्पतालमा राखिएको छ। सचिवालयले उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको पनि जनाएको छ।

सीता लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी रोगबाट थलिंदै आएकी छिन्। उनमा ‘प्रोग्रेसिभ सुप्रान्युक्यिर पाल्सी’ को समस्या भएको भनेर नेपालमै पत्ता लागेको थियो। त्यसपछि प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका, सिंगापुर र भारतमा गइसकेका छन्। रासस

यसमा तपाइको मत

Your email address will not be published.


*