सरकारलाई ओलीको प्रश्न ? २४ लाख डोज खोप खोइ ?

साझाकुरा
२०७८ माघ ९, आईतवार १४:३८

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हराइरहेका २४ लाख डोज कोरोना खोपबारे सरकारसँग जवाफ मागेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै उनले २४ लाख डोज कोरोना खोप कता हराएको भन्दै सरकारसँग जवाफ मागेका हुन्। ‘२४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरूले नै दिइरहेका छन्,’ उनले भनेका छन्,‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो, यसका लागि को जिम्मेवार छ ?’ ओलीले वर्तमान सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको आरोप लगाएका छन्। सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकारको गैरजिम्मेवारपन प्रष्ट भएको उनले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*