बकैयामा गाँजा र अफिम खेती नष्ट
हेटौंडा-मकवानपुरको बकैयामा पनि गाँजा र अफिम खेती हुँदै आएको छ । तस्करको उक्साहटमा यस क्षेत्रका किसानले पनि गाँजा र अफिम खेती गरेका हुन् । बकैया गाउँपालिका–६, गढवान र भोगटे क्षेत्रमा अफिम र गाँजा लगाइएको हो । यस क्षेत्रको २९ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ४ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा गाँजा फडानी गरेपछी प्रहरीको ध्यान बकैयामा बल्ल गएको हो । बकैयाँ क्षेत्रमा अझैपनि गाँजा र अफिम खेती रहेको पाइएको स्थानीय वासिन्दाहरुले बताएका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको १५ जनाको प्रहरी टोलीले गाँजा र अफिम खेती नष्ट गरेको हो ।







