४ सय ४२ को परीक्षण, १ सय ६६ जनामा कोरोना संक्रमण
हेटौंडा-सोमबार मकवानपुरमा थप १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा सोमबार) एकै दिन ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि गर्दा १ सय ६६ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडामा १ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, थाहा
नगरपालिकाका १२ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, मनहरी गाउँपालिकाका ११ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार २ सय २९ जना पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १५ हजार ४ सय १५ जना पुगेका छन् । यस्तै, हालसम्म संक्रमणका कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनैपनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।







