मकवानपुरमा थपिए १ सय ४६ कोरोना संक्रमित

साझाकुरा
२०७८ माघ १२, बुधबार ११:१२

हेटौंडा-मकवानपुरमा थप १ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  जिल्लामा मंगलबार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ३ सय २० जनाको पीसीआर र एन्टिजेन  परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा र १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण पष्टि भएको हो । यससँगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २७ जना पुगेको छ ।  जसमध्ये १ हजार ६ सय १३ जना होम आइसोलेशन र १६ जना संस्थागत आइसोलेसनमा उपचाररत् छन् । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमणमुक्र भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*