यातायात कम्पनीले बाँड्यो मास्क

साझाकुरा
२०७८ माघ १२, बुधबार ११:३६

हेटौंडा-सर्वसाधारणको स्वास्थ्य सुरक्षाप्रति पुरानो नारायणी यातायात कम्पनी प्रालिले चिन्ता व्यक्त गर्दै सचेतना कार्यक्रम गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट सर्वसाधारणहरु प्रभावित भइरहेको र यसबाट प्रहरी पनि असुरक्षित रहेकाले यसबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने सचेतना यातायात कम्पनीले गरेको छ ।

पुरानो नारायणी यातायात कम्पनी प्रालिले प्रहरीलाई मास्क प्रदान गरेको छ । नागरिकको सुरक्षामा अहोरात्र खट्ने प्रहरीलाई संक्रमणबाट जोगिन मास्क वितरण गरेको हो । हेटौंडाको बुद्धचोकस्थित एक कार्यक्रम आयोजना गरी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टलाई मास्क हस्तान्तरण गरेका छन् ।

मकवानपुरमा पुनः  कोरोना संक्रमण बढ्दै अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको थियो । कम्पनीले ‘अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ ’ भन्ने उद्देश्य सहित सुरु गरेको अभियानअन्तर्गत प्रहरी– लाई मास्क हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कम्पनीले यस अघि हेटौंडा १० बसपार्कमा माक्स अभियान सञ्चालन गरिसकेको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा पनि कम्पनीले सर्वसाधारण र प्रहरी– लाई मास्क सहयोग गरेको थियो । कार्यक्रममा कोभिड सर्तकताको लागि सचेतना मुलक पर्चा र मास्क नलगाउने यात्रुलाई मास्क वितरण पनि गरिएको थियो । उनीहरुले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न गराउन आग्रह समेत गरेका छन् । कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीका महासचिव सरोज खनाल, कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*