खोप अभियानमा उल्लेख्य सहभागिता

साझाकुरा
२०७८ माघ १२, बुधबार ११:४१

हेटौंडा-हेटौंडा–१० बसपार्कमा संचालित सामुदायस्तरको खोप अभियान अन्तरगत १० दिनमा २ हजार ९ सय ६२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।सामुदायिक प्रहरी हेटौंडा–१० बसपार्कमा माघ २ गतेदेखि संचालित खोप अभियानमा मंगलबारसम्ममा २ हजार ९ सय ६२ जनाले खोप लगाएका हुन् । अभियान अन्तरगत मंगलबारमात्रै ३ सय ९० जनाले खोप लगाएको सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कका अध्यक्ष प्रदीप कँडेलले जानकारी दिए ।

अभियान अन्तरगत सर्वसाधारण र यातायातकर्मीहरुलाई खोप लगाएको कंडेलले बताए । अभियान अन्तरगत ५ सय थान मास्क समेत वितरण गरिएको छ । खोप एवं मास्क अभियान निरन्तर संचालन गरिने उनले बताए । अभियानमा जिल्ला प्रशासन कर्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, पुरानो नारायणि यातायात प्रालि, हेटौंडा उपमहानगरपालिका, आदर्श युवा उप समिति, सचेत नागरिक युवा समुह साना हातहरु नेपाल मकवानपुर लगायतले सहयोग गरिरहेका छन् ।

यसैगरी राक्सिराङ गाउँपालिकामा पनि खोप अभियानले कोरोना विरुद्धको खोप लगाउनेको संख्यामा उल्लेख्य सुधार आएको छ । राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको पहिलो चरणको ३ दिने खोप अभियानमा २ हजार ६ सय ९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
माघ ७ गते देखि  राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ५, ८ र ९ मा सञ्चालन भएको खोप अभियानमा १ हजार ३ सय २० महिला र १ हजार २ सय ८९ पुरुष गरी २ हजार ६ सय ९ जनाले खोप लगाएका हुन् ।

जस अन्तर्गत वडा नम्बर ९ मा सबै भन्दा धेरै ४१७ जनाले खोप लगाएका छन् । जस मध्ये ३८४ जना महिला र ३३३ जना पुरुषले खोप लगाएका छन् । त्यस्तै गरी वडा नम्बर ४ मा २७७ जना महिला र २७३ जना पुरुष, वडा नम्बर ५ मा ३०३ जना महिला र २७७ जना पुरुष र वडा नम्बर ८ मा ३५६ जना महिला र ३४६ जना पुरुषले खोप लगाएका हुन् । गाउँपालिकाले दोस्रो चरणको ३ दिने खोप पनि सञ्चालन  गर्दैछ ।

दोस्रो खोप अभियान यहि माघ ११ गते देखि १३ गते सम्म हुँदैछ । दोस्रो चरणको खोप अभियान अन्तर्गत वडा नम्बर १, २, र ३ मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*