हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा विवाद, सांसदले समाते निर्वाचन अधिकृतको कठालो
हेटौंडामा जारी राष्ट्रियसभाको निर्वाचनमा विवाद भएको छ । हेटौंडा–८, औद्योगिक क्षेत्रमा जारी मतदानको क्रममा माओवादी केन्द्र प्रदेशसभा तर्फकी सांसद हिमाली गोले मत जाहेरपछि फोटो खिच्ने क्रममा विवाद भएको हो । दोलखाकी सांसद गोलेले मत जाहेर गरिसकेको मतपत्रको फोटो खिचेसँगै प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई रोकेका थिए ।
श्रेष्ठले सांसद गोलेको मोवाइल खोस्न थालेसँगै दुवैवीच झगडाको अवस्था सिर्जना भएको थियो । केहीसमय दुवैवीच विवाद भइरहेको समयमा माओवादी केन्द्रकै सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समातेका थिए । श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३(क) बाट निर्वाचित सांसद हुन् । सांसद लामाले यसअघिको राष्ट्रिय सभा चुनावमा मतदान गरेकी थिइनन् ।
प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई घटनाबारे जानकारी गराएर मतदानस्थलबाट बाहिरिएका छन् । उनीहरूले मुख्यमन्त्रीलाई जानकारी गराउँदा प्रदेशका मन्त्रीहरू पनि उपस्थित थिए ।







