मकवानपुरको जनसंख्या ४ लाख ६१ हजार ५३

१० वर्षको अन्तरालमा ४० हजार ५ सय ७६ बृद्धि
साझाकुरा
२०७८ माघ १४, शुक्रबार १२:४३

हेटौंडा-राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मकवानपुरको जनसंख्या १० वर्षको अन्तरालमा ४० हजार ५ सय ७६ अर्थात शुन्य दशमलव ८८ प्रतिशतले बृद्धि हुँदै ४ लाख ६१ हजार ५३ पुगेको छ ।  केन्द्रीय तथ्यांक विभाग सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार मकवानपुरमा पुरुषको संख्या २ लाख २८ हजार ४ सय ७२ र महिलाको संख्या २ लाख ३२ हजार ५ सय ८१ रहेको छ । २०६८ सालको जनगणना अनुसार मकवानपुरको जनसंख्या ४ लाख २० हजार ४ सय ७७ रहेकोमा हाल शून्य दशमलव ८८ प्रतिशतले वृद्धि भई ४ लाख ६१ हजार ५३ पुगेको जनाइएको छ ।

जनगणनाको प्रारम्भिक नतिजामा मकवानपुरमा घर संख्या ९६ हजार २ सय १४ र परिवार संख्या १ लाख ६ हजार ६ सय ६ रहेको उल्लेख छ ।
सार्वजनिक नतिजा अनुसार मकवानपुर जिल्लाको लैगिक अनुपात ९८ दशमलब २३ हुँदा परिवारको औसत आकार ४ दशमलब ३२ र जनघनत्व १ दशमलव ९० रहेको छ । जन– गणनामा १४ हजार ८२० जना पुरुष र ४ हजार ७ सय २६ जना महिला गरी कुल १९ हजार ५ सय ४६ जना अनुपस्थित रहेको सार्वजनिक जनगणनाको नतिजामा छ ।

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या हेटौंडा उपमहानगरपालिकामा र सबैभन्दा कम इन्द्रसरोवर गाउँ– पालिकामा रहेको छ । प्रारम्भीक नतिजाअनुसार हेटौंडाको कुल जनसंख्या १ लाख ९५ हजार ९ सय ५१ र इन्द्रसरोवर गाउँ– पालिकाको कुल जनसंख्या १३ हजार ७ सय ५८ रहेको छ ।

यस्तै स्थानीय तहमध्ये क्रमश मनहरी गाउँपालिकाको जनसंख्या ४७ हजार १ सय ४४, बकैया गाउँपािलकाको जनसंख्या ४० हजार ६ सय ७१, थाहा नगर–पालिकाको जनसंख्या ३९ हजार १ सय ६३, बागमती गाउँपालिकाको ३० हजार ६ सय २५, राक्सिराङ गाउँपालिकाको २५ हजार ८ सय ७१, मकवानपुरगढी गाउँपालिकाको २४ हजार २ सय ५२, कैलाश गाउँपािलकाकाको २१ हजार ९ सय ९२ र भीमफेदी गाउँपालिकाको २१ हजार ६ सय २६ रहेको तथ्याङकमा उल्लेख छ । सार्वजनिक जन– गणनाको नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । ०६८ को जनगणनामा कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो ।  राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार १० वर्षमा जनसंख्या २६ लाख ९७ हजार नौ सय ७६ ले वृद्धि भएको छ । जनसंख्याको लैंगिक अनुपात प्रतिसय महिलामा पुरुषको संख्या ९५.९१ छ । जुुन अघिल्लो जनगणनामा ९४.१६ थियो ।

१० वर्षमा जनसंख्या १०.१८ प्रतिशतले बढेको छ । यो अवधिको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत छ । जब कि २०५८ देखि २०६८ सम्मको वार्षिक वृद्धिदर १.३५ प्रतिशत थियो । ८० वर्षयता जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा न्यून देखिएको हो । १ हजार ९ सय ८७ वार्षिक वृद्धिदर १.२७ थियो । त्यस्तै, २०१८ मा १.३१ प्रतिशत थियो भने अन्य वर्षमा दुई प्रतिशतभन्दा धेरै थियो । ००९÷११ मा २.७३, २०२८ मा २.०५, २०३८ मा २.६२, २०४८ मा २.०८ र २०५८ मा २.२५ प्रतिशतको वृद्धिदर थियो । अपेक्षाअनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख नौ हजार पाँचजनाले बढी भएको छ । महिला एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुष एक करोड ४२ लाख ९१ हजार तीन सय ११ जना पुगेका हुन् ।
१० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार सात सय ६ ले र पुरुषको जनसंख्या १४ लाख ४२ हजार दुई सय ७० जनाले थप भएको छ ।२०६८ मा महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ थियो भने पुरुष एक करोड २८ लाख ४९ हजार ४१ जना थिए । यसरी १० वर्षमा महिलाको जनसंख्या ९.२० प्रतिशत र पुरुषको जनसंख्यामा ११.२२ प्रतिशतले वृद्धि भएको छ ।
थाहा नगरको जनसंख्या घट्यो
राष्ट्रिय जनगणना—२०७८ ले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार थाहा नगरपालिकाको जनसंख्या ५.९१ प्रतिशतले घटेको छ ।  वि.सं. २०६८ को जनगणनाको तथ्याड्ढअनुसार थाहा नगरपालिकामा ४१ हजार ६२३ जनसंख्या रहेको थियो । २०७८ मा ३९ हजार १६३ जनसंख्या देखाएको छ । यो तथ्याड्ढअनुसार ५.९१ प्रतिशतले जनसंख्या घटेको हो । थाहानगरमा पछिल्लो जनगणना अनुसार १९ हजार ९२२ महिला र १९ हजार २४१ पुरुष रहेको देखिन्छ ।

२०६८ को जनगणनामा थाहानगरमा कुल घरधुरी ८ हजार ६४९ थियो भने यस पटक घरधुरी बढेर ८ हजार ९९५ पुगेको छ । परिवार संख्या भने ९ हजार ८४२ पुगेको देखिन्छ । यो तथ्याड्ढ अनुसार घरबारबिहिन तथा एकै घरमा बसोबास गर्नेको संख्या ८४७ परिवार छ । तथ्याड्ढअनुसार देशभर कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छभने जनसंख्या बृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*