उत्कृष्ट स्लोगन र लोगो बनाउनेलाई पुरस्कृत
हेटौंडा-केशव सुवेदी समर्पण र निश्चल पराजुलीले बनाएको प्रदेश युवा परिषद् बागमतीको स्लोगन र लोगो उत्कृष्ट ठहरिएको छ । प्रदेश युवा परिषद्ले आफनो बार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट स्लोगन र लोगो बनाउने क्रमशः सुवेदी र पराजुलीलाई पुरस्कृत गरेको छ । उनीहरुलाई प्रदेश युवा परिषद्को कार्यालयले शुक्रबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेको थियो ।
परिषद्ले विभिन्न तीन चरणमा स्लोगन र लोगो माग गरेको थियो । प्रारम्भिक चरणमा स्लोगन र लोगोतर्फ तीन–तीन जना छनौट भएका थिए ।
छनौट भएका तीन–तीन जनामध्ये सुवेदीको स्लोगन उत्कृष्ट भएको थियो । सुबेदीले ‘सिर्जनशीलता र उद्यमशिलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ भन्ने स्लोगन तयार पारेका थिए ।
प्रतियोगीतामा डा.शकंर उपाध्याय, साहित्यकार निमेष निखिल, पत्रकार गिरिजा अधिकारी र अधिवक्ता ऋषि केबी निर्णायकको भूमिका थिए । उत्कृष्ट लोगो बनाउने पराजुलीले नगद ५० हजार र स्लोगन तयार गर्ने सुवेदीले नगद ३० हजार रुपैयाँ हात पारेका छन् । पुरस्कृत पराजुली र सुवेदीलाई प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सम्मान पत्रसहित चेक हस्तान्तरण गरेका थिए ।







