सिविनद्वारा तीन विद्यालयलाई सहयोग

साझाकुरा
२०७८ माघ १५, शनिबार ०९:४८

हेटौंडा-सिबिन नोपल, बाल हेल्पलाईन मकवानपुरका तीन विद्यालयलाई छात्रवृत्तिसहित शैक्षिक सामग्री सहयोग गरेको छ । सिबिनले मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना बालबालिकालाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने सम्भावना रहेका बालबालिकालाई अध्ययनका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै अध्ययमा निरन्तरता दिन आग्रह गरे । अभिभावक बिहिन बालबालिकालाई विद्यालय ब्यवस्थापन समितिले नै अभिभावकत्व ग्रहण गरी बालबालिकाको अध्ययन कार्यलाई निरन्तर अगाडि बढाउन सहयोग गर्ने अध्यक्ष गौतमले बताए । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बिभिन्न सहयोगी संस्थासँग समन्वय गरेर बालबालिकाको अध्ययन कार्यलाई निरन्तरता दिन सहयोग गरिने बताए ।

बालबालिकालाई उपलब्ध गराइएको शैक्षिक साग्रीमा कपि, कलम, झोला, विद्यालय पोशाक, स्वेटर, क्यालकुलेटरलगायत रहेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक इश्वर रिाजल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुस्मिता बस्नेतलगायतको सहभागिता रहेको थियो ।
सिविनले बिहीबार विद्यालयमा अध्ययनरत १० जना बालबालिकालाई छात्रवृत्ति र स्टेशनरी सामग्री सहयोग गरेको सिविन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए ।

हेटौंडां—४ स्थित भुटनदेवी माविमा अध्ययनरत ४ जना विद्यार्थीलाई ५–५ हजार शैक्षिक शुल्कसहित ड्रेस, ब्याग र स्टेशनरी सामग्री सहयोग गरिएको छ । कक्षा १२ मा अध्ययनरत अस्मिना उप्रेती, कक्षा ११ मा अध्ययनरत बलिराम साह, साक्षी वर्णवाल र अस्मिन उप्रेतीलाई सहयोग गरिएको छ । यसैगरी मनहरी–७ स्थित राष्ट्रिय रोटरी माविमा अध्ययनरत ६ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । कक्षा १० का सनिला सुनवार र अजय घिसिङ, कक्षा ९ का बिमला बुढाथोकी, कक्षा ८ का अल्फा परियार, कक्षा ६ का लक्ष्मी रुम्बा र ऋतु गुरुङलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा स्टेशनरी सामग्री सहयोग गरिएको ज्ञवालीले बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीलाई भने ४ हजार रुपैयाँ बराबर रकमको शैक्षिक सामग्री सहयोग गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*