दोस्रो र बुस्टर डोजमा पहिले लगाएकै खोप लगाउन नपर्ने

साझाकुरा
२०७८ माघ १५, शनिबार १६:५१

काठमाण्डौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो र बुस्टर डोजमा पहिले लगाएकै खोप लगाउन नपर्ने बताएको छ। मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले डब्लुएचओको गत माघ ७ गतेको निर्णय र खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसमा यस्तो निर्णय गरिएको जनाएको हो।

मन्त्रालयले बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिले कोभिसिल्ड, एस्ट्राजेनेका, मोडेर्ना, फाइजर वा भेरोसेल खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन सिफारिस गरेको छ।

यस्तै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिन पनि मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ।

साथै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोडेर्ना, फाइजर खोप लगाएकाहरुलाई पनि कोभिसिल्ड वा एस्ट्राजेनेका दिन मिल्ने बताएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*