नउड्ने भयो थाहामा प्याराग्लाइडिङ्

साझाकुरा
२०७८ माघ १६, आईतवार १३:१५

हेटौंडा-जिल्लाको पर्यटकीय नगरी थाहामा प्यारा– ग्लाइडिङ नउड्ने भएको छ । थाहा नगरपालिकामा करिब दुई वर्षअघि नै प्याराग्लाइडिङ्को सफल परीक्षण गरिएको थियो । थाहामा प्यारग्लाइडिङ् उडाउने सम्भावना कम भएको भन्दै नगरपालिका पछाडि हटेको छ । थाहाका नगर प्रमुख लवशेर विष्टले प्यारग्लाइडिङको सफल परीक्षण भएपनि सम्भावना नदेखिएको बताएका छन् ।

२०७६ सालमा थाहा नगरपालिका वडा नम्बर १० विसिङ्खेलमा रहेको आइतबारे चौरबाट गरिएको उडान सफल भएको भएको थियो । विसिङ्खेलबाट पाइलट सागर क्षेत्रीले प्याराग्लाइडिङ उडाएका थिए । प्यारग्लाइडिङको सफल परीक्षण भएपथि थाहा नगर– पालिका उत्साहित थियो ।

पर्यटन प्रवद्र्धनमा प्यारग्लाइडिङको महत्व ठूलो भएकाले थाहा नगरपालिका प्यारग्लाइडिङ उडान गर्न सक्नेतर्फ अघि बढेको थियो । तर, प्यारग्लाइडिङको सम्भाव्यता नदेखिएको भन्दै नगर–पालिका पछि हटेको जनाइएको छ ।  दुई वर्षअघि परीक्षण उडान सफल भएपछि काठमाडौंबाट नजिकै रहेको विसिङखेलमा व्यवसायिक रुपमै प्याराग्लाइडिङ उडाउन सकिने जनाइएको थियो । साहसिक पर्यटनको एक माध्यम
प्याराग्लाइडिङका लागि थाहा नगर– पालिका वडा नम्बर १२ टिष्टुङमा इजाजत पनि पाएको थियो । थाहा नगरपालिका वडा नम्बर १२ मा टिष्टुङ प्याराग्लाइडिङ प्रालिले प्यारा– ग्लाइडिङ खेल सञ्चालन गर्न अनुमति पनि पाएको थियो ।

टिष्टुङमा उडेको प्यारा– ग्लाइडिङले अधिकतम् ५ हजार फिटसम्म मात्र उचाई लिन सक्ने जनाइएको थियो । यसअघि थाहा नगरपालिकाकाको वडा नम्बर २ कुटीप्वाकलबाट पनि प्यारा– ग्लाइडिङ गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो । प्याराग्लाइडिङको सफल परीक्षणस“गै मकवानपुरको पर्यटकीय क्षेत्र आग्रा, टिस्टुङ, दामन, पालुङ, बज्रबाराही जस्तै चित्लाङको विसिङ्खेलमा पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको थियो ।

थाहा नगरमा प्यारा– ग्लाइडिङ्को सफल परीक्षण भएपछि छिमेकी पालिका इन्द्रसरोबर गाउँपालिकाले पनि प्याराग्लाइडिङ उडाएको थियो । मानवनिर्मित ताल कुलेखानी जलाशय (इन्द्रसरोवर) माथि प्याराग्लाइडिङको सफल परीक्षण भएको थियो । वैशाख २०७६ मा इन्द्रसरोवर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भन्दै प्यारा– ग्लाइडिङको परीक्षण गरेको थियो । इन्द्रसरोबरम पनि व्यवसायिक प्यारा– ग्लाइडिङको काम अघि बढ्न सकेन् । इन्द्रसरोवर गाउँपालिका–१ मार्खुको इन्द्रसरोवर ताल माथि गुम्बाडाँडाबाट प्याराग्लाईडिङको सफल परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*