राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

साझाकुरा
२०७८ माघ १६, आईतवार १६:०३

काठमाडौं – राष्ट्रियसभाको बैठक पुनस्अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि माघ १७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको हो।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन्।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिनपछि सारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*