लागूऔषधसहित दुई जना पक्राउ

साझाकुरा
२०७८ माघ १७, सोमबार ११:५७

हेटौंडा-मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेट सहित दुई जनालाई पक्राउ गरेको छ ।  शुक्रबार हेटौंडाको छुट्टाछुट्टै स्थानबाट नाईट्रोभेट १ सय १६ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–४ बस्ने ३४ वर्षीय अनिलकुमार तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने २३ वर्षीय अनिस तामाङ रहेका छन् ।

शुक्रबार भुटनदेवी मोडतर्फबाट शितलमहल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ को मोटरसाईकललाई हेटौंडा–४ स्थित सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अनिलको साथबाट ४८ ट्याब्लेट बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्ष जयश्वर रिमालले बताए ।

शुक्रबार नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित बसिरहेका अनिशलाई शंका लागि चेकजाँच गर्दा लुकाइछिपाइ ल्याएको लागूऔषध नाईट्रोभेट ६९ ट्याब्लेट बरामद भएपछि निजलाई पक्राउ गरेको रिमालले बताए । उनका अनुसार, पक्राउ परेका दुबै जनालाई आइतबार मकवानपुर जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*