६५ बर्षीय महिला मृत फेला

साझाकुरा
२०७८ माघ १८, मंगलवार १०:२७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा सोमबार बिहान एक महिला मृत अवस्थामा भेटिएकी छन् ।  हेटौंडा उपमहानगर–पालिका–१ चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी लमिनी मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर  रिमालले जानकारी दिए ।  सोमबार बिहान करिब १० बजेको समयमा खोलाको किनारमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा राखिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*