मुख्यमन्त्री कार्यालयमा थाल ठटाएर बिरोध
हेटौंडा-सोमबार हेटौंडा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटमा थाल ठटाएर बिरोध प्रदर्शन गर्रिको छ । बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले सोमबार एक घण्टा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको गेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो ।
फेकोफन मकवानपुरले देश व्यापी सप्ताहव्यापी रुप कार्यक्रम अन्तर्गत ऐनको बिरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो । बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताए । विरोध प्रदर्शनमा वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।







