चित्लाङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

साझाकुरा
२०७८ माघ १८, मंगलवार १०:३४

हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका स्थित चित्लाङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरिएको छ ।  आर्थिक वर्ष २०७८÷ ०७९ मा थाहा नगरपालिकाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको हो । पालिकाले वडा नम्बर ९ का लागि छुट्याउने वार्षिक बजेट सिलिङबाट वडाले ९ लाख रुपियाँ बजेट विनियोजन गरी एम्बुलेन्स खरिदमा सहयोग गरिएको हो ।
थाहा नगरपालिका अन्तर्गत साविक चित्लाङ गाविसमा एम्बुलेन्स नहुँदा सुत्केरी महिला तथा अन्य आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्सको अभावमा समयमै उपचार पाउनबाट वञ्चित हुँदै आएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*