ल्होछारको अवसरमा शुभकामना आदानप्रदान

साझाकुरा
२०७८ माघ १८, मंगलवार १२:५७

हेटौंडा-हेटौंडामा २०५८ ताक लो (बाघ) बर्ग सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा भएको हो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा भएको कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेश तामाङ घेदुङ संघका अध्यक्ष लिला कुमार घलान, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार प्रमुख कमान सिंह पाख्रिन, हेटौंडा–१४ का वडाध्यक्ष ललित घलान, मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका प्रमुख मणिराज गौतमलगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*