दुर्घटनामा एकको मृत्यु
हेटौंडा-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–३ लेवटमा बोलेरो जिप र टिपर ठक्करखाइ दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ । सोमबारी राती करिब ८ बजे मनहरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको मे १ च ५९९४ नम्बरको बोलेरो पिकअप भ्यान खाली गाडी र बिपरित दिशाबाट आउँदै गरेको को १ क १३२८ नम्बरको खाली टिपर एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा पिकअप गाडीमा सवार २ जना पुरुष गम्भिर घाइते भएका थिए । गम्भीर घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडांै बालाजु नयाँबजार बस्ने बर्ष अन्दाजी ४०÷४५ को शिब कार्की रहेको र उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी बोलेरोमा सवार सोही ठाउँ बस्ने अन्दाजी ४५÷५० को दिनेश कार्की घाइते भएको जनाइएको छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।







