वन मुद्दाका फरार पक्राउ
हेटौंडा-प्रहरीले वन मुद्दामा फरार रहेका हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ४७ वर्षीय कर्णबहादुर वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । रिमालका अनुसार, जिल्ला अदालत मकवानपुरको मिति २०७३ साल भदौ १४ गतेको फैसालाले वन मुद्दामा जरिवाना भुक्तान गर्न बाँकी भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सोमबार नै जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।







