हेटौंडा अस्पताललाई एयर रेस्पिरेटर सहयोग

साझाकुरा
२०७८ माघ १९, बुधबार १०:१६

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई एयर प्युरिफाइङ रेस्पिरेटर सहयोग गरिएको छ । हेटौंडा उपमहानगर–पालिका वडा नम्बर ६ स्थित निर्माणधिन सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलले अस्पताललाई २ लाख २० हजार रुपैयाँ बराबरको एयर प्युरिफाइङ रेस्पिरेटर सहयोग गरेको हो ।  अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि खटिने डाक्टरका लागि भन्दै सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलले एयर प्युरिफाइङ रेस्पिरेटर मंगलबार एक कार्यक्रमबीच अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरेको छ ।

कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपानेले सहयोग सामग्री डा. सापकोटालाई हस्तान्तरण गरेका हुन् ।  हेटौंडामा पहिलो पटक मुटु रोग सम्बन्धि उपचारका लागि डाक्टर अवन गौतमले सद्धस्थली रुरल कम्युनिटी हस्पिटल सञ्चालनमा ल्याउँदै छन् । उनले हस्पिटलले कोरोना महामारीको समयमा देशका धेरै अस्पतालमा एयर प्युरिफाइङ रेस्पिरेटर सहयोग गरेको बताए । हस्पिटलले कोरोना महामारीमै हेटौंडाको १६, १५, ६ र ७ लगायत बकैया, बागमती, मकवानपुरगढी र भीमफेदी गाउँ– पालिकामा खाद्यान्नसहित स्वास्थ्य सामग्री सहयोग गरेको सञ्चालक गोमा गौतमले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*