२० जनाद्वारा रक्तदान

साझाकुरा
२०७८ माघ १९, बुधबार १०:२३

हेटौंडा-रोट्¥याक्ट क्लब अफ मकवानपुरको आयोजनामा मंगलबार बिहान हेटौंडामा रक्तादान कार्यक्रम आयोजना गरिएको छ । हेटौंडाको बुुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान
गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा  रक्तदान कार्यक्रम भएको हो ।  रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यता र  रोट्¥याक्ट क्लब अफ मकवानपुरकी अध्यक्ष प्रतीक्षा न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन संगामीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*