रातभर व्यवसाय संचालन गर्न पाउनुपर्ने माग

साझाकुरा
२०७८ माघ २०, बिहीबार १३:३९

हेटौंडा-मनोरञ्जनात्मक क्रियाकलापका साथ व्यवसाय संचालन गर्ने रात्रीकालिन होटेल व्यवसायीहरुले रातभर सहजताका साथ व्यवसाय सञ्चालन गर्ने वातावरण तयारी गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । उनीहरुले कोभिडको तेस्रो लहरमा सबै बजार खुल्ला  रहँदा आफूहरु भने व्यवसाय बन्द  गरेर बस्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै सहजताका साथ व्यवसाय सञ्चालन गर्ने वातावरण तयारी गरिदिन आग्रह गरेका हुन् ।

व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिएमा आफूहरु आन्दोलन गर्न बाध्य हुने संघ तदर्थ समिति संयोजक सुनिल बयलकोटीले जानकारी दिए ।  ‘रात्रीकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्नुपर्ने अवस्था रहेको छ । रात्रिकालिन भनेपछि ढिला सुरु हुने व्यवसाय हो । यसरी नबुझ्दा हामी समस्यामा  परेका छौं’, उनले स्थानीय प्रशासनले आफूहरुलाई व्यवसाय सञ्चालन गर्ने वातावरण तयार  गरिदिन आग्रह गरे ।

उनका अनुसार हेटौंडा ११ वटा रात्रिकालिन व्यवसायी  रहेका छन् । करिब छ सय जना कर्मचारी यस पेशामा आबद्ध रहेका छन् । पछिल्लो समय हेटौंडामा दोहारी, डान्सबास, लाइभ म्युजिक खुलिरहेका छन् । उनले भने,  ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा धेरै व्यवसाय बन्द थियो । हामीले पनि ग¥यौ अहिले सवै खुलेका छन् । हामी मात्र किन बन्द  गर्ने ।’, उनले भने । उनीहरुले अन्य पेशा व्यवसाय भन्दा पनि बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको बताए । उनीहरुले युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी सिर्जना गरेको तर राज्यले आफूहरुलाई बर्बादीमा धकेलेको गुनासो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*