निर्वाचन समयमै गर्न सडक बहस
हेटौंडा-नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुरले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने माग राख्दै बुधबार सडक बहस गरेको छ । कार्यक्रम अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, कानुन व्यवसायी क्रमशः धु्रबप्रसाद चौलागाई, मदन दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागार्इं लगायत विद्यार्थी नेता तथा कार्यकर्ता– हरुको सहभागिता रहको थियो ।







