कृषि थोक बजारको अनुगमन

साझाकुरा
२०७८ माघ २०, बिहीबार १३:५०

हेटौंडा-हेटौंडामा निर्माणधिन प्रादेशिक कृषि थोक बजारको अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको टोलीले कृषि थोक बजारको अनुगमन गरेको हो ।उपमहानगरकी उपप्रमुख मिनाकुमारी लामाले कृषि थोक बजारको ३० प्रतिशत काम सकिएको जानकारी दिएकी छन् । लामाको नेतृत्वमा उपमहानगरको प्राविधिक टोलीले निर्माण भइरहेको थोक बजारको अनुगमन गरेको छ ।  हेटौंडा–११ थानाभ¥याङमा कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा थोक बजार निर्माण भइरहेको हो । बागमती प्रदेशको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण भइरहेकोे हो ।

दुइ बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण भइरहेको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० र उपमहानगर– पालिकाको ३० प्रतिशत लागत साझेदारी छ । थोक बजार स्थापना भइसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतको काम हुने उपप्रमुख लामाले बताइन् । थोक बजारले कृषकहरुले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढि हुने समस्याको थोक बजारले समाधान गर्ने बताइएको छ । कृषि थोक बजार निर्माण भइसकेपछि हेटौंडा उपमहानगरपालिकालाई निर्देशनालयले हस्तान्तरण गर्नेछ । अनुगमनको क्रममा उपप्रमुख लामाले थोक बजार निर्माणलाई कुनै बहानामा नरोक्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*