हेटौंडा ९ मा साइरामको सेवा केन्द्र
हेटौंडा-साइराम बचत तथा ऋण सहकारी संस्थाले हेटौंडा उपमहानगरपालिका–९ सेवा केन्द्र स्थापना गरेको छ । हेटौंडा–२ अवस्थित संस्थाले बिहिबार बिहान एक कार्यक्रमबीच सेवा केन्द्रको उद्घाटन गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र पौडेलको सभाध्यक्षता तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, टोल विकास संस्था समन्वय समिति हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडा, नारायणी बहुउद्देश्यीय साकोसका उपाध्यक्ष रामचन्द्र दाहाल, वेतखोल्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुप्रसाद प्याकुरेल, संस्थापक अध्यक्ष तुलसा रेग्मीको आतिथ्य रहेको थियो ।







