अस्पताललाई ब्यूटिसियन संघबाट किट सहयोग
हेटौंडा-कोरोना संक्रमितहरुको उपचार गरिरहेको हेटौंडा अस्पताललाई कोभिड परीक्षण किट सहयोग उपलब्ध भएको छ ।नेपाल ब्यूटिसियन संघ मकवानपुरले हेटौंडा अस्पताललाई किट सहयोग गरेको हो । संघकी अध्यक्ष रिना गौतमले एन्टिजेन विधिबाट परिक्षण गरिने एक सय ५० भन्दा बढी किट बिहीबार अस्पताल व्यवस्थापक सुरेन्द्र देव बडुलाई हस्तान्तरण गरेकी छन् । व्यवस्थापक बडुले संघलाई धन्यवाद दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा संघको बागमती प्रदेश संयोजक तारा कार्की, जिल्ला सचिव सावित्री कार्की, कोषाध्यक्ष पुजा पोखरेल, सदस्यहरु शारदा कार्की, सुष्मा राना मगर, अनुपा जिएम, पूर्णिमा लोप्चन लगायतको उपस्थिति थियो ।







