मास्क नलगाउनेलाई कारबाही

साझाकुरा
२०७८ माघ २२, शनिबार ०९:३४

हेटौंडा-मकवानपुर प्रहरीले मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई कारबाही जारी राखेको छ । प्रहरीले थप ५१ जनालाई जरिवानासहित कारबाही गरेको जनाएको छ । प्रहरीले  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ५१ जनालाई जरिवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरिवाना गरिएको हो । उनीहरूलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको हो । जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडाइ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*