तुलसीले अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी संचालन गर्ने

साझाकुरा
२०७८ माघ २२, शनिबार ०९:३७

हेटौंडा-हेटौंडा–१० मा रहेको तुलसी मेहर मेमोरियल विद्यालय तथा नारायणी कलेजले आगामी शैक्षिक सत्रबाट अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याउने भएको छ ।  शुक्रबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल रघुनाथ खरालले विद्यार्थीलाई उनीहरुको इच्छा अनुसार आधुनिक शैलीबाट पढाइने दावी गरे । ‘अन्य मन्टेश्वरी र हामीमा धेरै फरक रहेको छ । हामी विद्यार्थीको रुची पहिचान गरेर सोही अनुसार पढाउने छौं ।’, उनले भने । ‘समाजमा राम्रो काम गर्ने विद्यार्थी उत्पादन गर्ने हाम्रो योजना रहेको छ ।’,

सार्क एजुकेशन नेटवर्क प्रालिद्वारा सञ्चालनमा रहेको विद्यालयले आउँदो शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा सञ्चालन गर्न माघ २३ गते सरस्वती पूजादेखि अक्षराम्भ कार्यक्रमसमेत सुरु गर्ने जनाएको छ । त्यस्तै विद्यालयका कार्यक्रम निर्देशक किशन बास्तोलाले यसअघि संचालन भइरहेको प्रि–कक्षालाई पनि निरन्तरता दिइने बताए । ‘हामीले बालबालिकाहरुको लागि पहिले संचालन गरिरहेको कक्षा पनि कायमै राख्छौँ । आगामी शैक्षिक सत्रबाट भने थप एडभान्स कक्षा पनि संचालन गर्न लागेका हौँ । अभिभावकले जुनमा भन्नुहुन्छ हामी त्यसमै पठाउँछौँ ।’ उनले भने ।

नेपालमा नै पहिलो पटक पढाइलाई व्यवसायिक सिकाइमा रुपान्तरण गर्दै विद्यार्थीलाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्ने योजना आफुहरुको रहेको उनले स्पष्ट पारे । यो अभियान बेरोजगारी समस्याको सामाधान हुनसक्ने उनको भनाई छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलाप संचालनमा समेत चासो दिँदै आएको छ । विद्यालयले यसअघि बिबिएसमा अध्ययन गर्ने विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम लन्च गरेको थियो । निर्देशक बास्तोलाले भने ‘पढ्दै कमाउँदै कार्यक्रमको लक्ष्य भनेको विद्यार्थीलाई कम्तिमा पनि आफ्नो पढाइ खर्च जुटाउन सक्ने बनाउनु हो । अध्ययनकै शिलशीलामा उनीहरुलाई जनशक्तिको रुपमा विभिन्न क्षेत्रमा कामको व्यवस्था मिलाउने हाम्रो उदेश्य हो । बिबिएस अध्ययन पुरा गर्दासम्म उनीहरुलाई दक्ष जनशक्तिको रुपमा विकास गर्छौँ ।
यो अभियानले विद्यार्थीलाई अध्ययनपश्चात के रोजगारी गर्ने होला भन्ने चिन्ता हुँदैन ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*