एमसीसीको विरोधमा उत्रिए राष्ट्रवादी युवा

साझाकुरा
२०७८ माघ २२, शनिबार ०९:४०

हेटौंडा-शुक्रबार हेटौंडमा राष्ट्रवादी तथा वीर  गोरर्खाली नामक युवाहरुको समूहले वर्तमान सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्य वृद्धि र संसदबाट पास गर्न लागिएको एमसीसी परियोजनाको विरोध गर्दै प्रदर्शन गरेका छन् । अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सांसदबाट पारित गर्ने नहुनेभन्दै हेटौंडामा दिनहुँ प्रदर्शन हुन थालेको छ । सरकारले सदनबाट एमसीसी परियोजना पारित गर्ने तयारी गरेसँगै हेटौंडामा सत्तारुढ र विपक्षी दुवै दलका भ्रातृ संगठनले विरोध स्वरुप प्रर्दशन गरिरहेका छन् ।  उनीहरुले हेटौंडामा मोटरसाइकल ¥याली निकाल्दै नारबाजी गरी बजार समेत परिक्रमा गरेका थिए । युवाहरुले हेटौंडाको सीमा चोकमा सरकार विरुद्ध  नाराबाजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*