जिससले क्रसरको अनुगमन गर्ने

साझाकुरा
२०७८ माघ २२, शनिबार ०९:४८

हेटौंडा-जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला  भित्र दर्ताबिना संचालित क्रसर उद्योगहरुको अनुगमन गर्ने भएको छ ।  बिहिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा बसेको संयुक्त बैठकले जिल्लाभित्र संचालनमा रहेको क्रसर (ढुंगा, गिट्टी र बालुवा) उद्योगको अनुगमन गर्ने निर्णय गरेको हो ।  जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ  खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले ढुड्डा, गिट्टी र बालुवाको करमा एकरुपता कायम गर्ने निर्णयसमेत गरेको छ ।  राजस्व कार्यालयले बालुवा प्लान्ट उद्योगहरुमा राजस्वको स्रोत तत्काल एकिन गर्ने बैठकले निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*